GBIME

एनआईसीको डिजिटल दसैँ योजना, डिजिटल कारोबार गर्नेलाई आकर्षक उपहारदेखि २५% सम्म क्यास ब्याक


बिजखबर संवाददाता
11 October, 2021 9:48 am

nic-asia-dashain-campaign

काठमाडौं । एनआईसी एशिया बैंकले डिजिटल कारोबारलाई प्रोत्साहनका निमित्त चाडपर्वका अवसरमा ‘डिजिटल दसैँ’ योजना सार्वजनिक गरेको छ ।

Bajaj
Nabil
Yamaha

यस योजनामार्फत बैंकका विभिन्न डिजिटल च्यानलमार्फत कारोबार गर्दा सबैभन्दा धेरै कारोबार गर्ने ग्राहकहरूलाई आकर्षक उपहारदेखि अधिकतम २५ प्रतिशतसम्म क्यास ब्याक तथा छुट प्रदान गर्ने बैंकले जनाएको छ ।

ग्राहकहरूलाई किनमेल गर्न अझ सहज पार्ने उद्देश्यअनुरुप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त विभिन्न सामग्री खरिद गरी बैंकको कार्डमार्फत ई–कमर्श तथा पीओएस भुक्तानी एवं मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले क्यूआर भुक्तानी गर्दा आकर्षक छुट तथा क्यास ब्याकको व्यवस्था गरेको हो ।

jagadamba_cement

बैंकले असोज २१ देखि कात्र्तिक २१ सम्म यस बैंकको भिसा कार्डमार्फत पीओएस कारोबार गर्ने ग्राहकहरूलाई २५ प्रतिशतसम्म क्यास ब्याकको योजना ल्याएको छ ।

जसअनुसार पहिलोपटक पीओएस कारोबार गर्दा १० प्रतिशत वा अधिकतम ५०, तेस्रो पटक कारोबार गर्दा १५ प्रतिशत वा१२५ र पाँचौं पटक कारोबार गर्दा २५ प्रतिशत वा २५० सम्म क्यास ब्याक अफर रहेको छ । यीसँगै बैंकले विभिन्न कम्पनीका उपहारहरू पनि प्रदान गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Nepal_telecom