GBIME

नबिल बैंकको दसैँ धमाका अफर, १५ सयसम्म क्यास ब्याक


बिजखबर संवाददाता
6 October, 2021 8:25 am

NABIL-BANK

काठमाडौं । नबिल बैंकले ‘नबिल दसैँ धमाका अफर’ ल्याएको छ । यस अफर अन्तर्गत नबिल बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले बिग मार्ट, दराज र किरानामा कार्ड प्रयोग गरेबापत क्यास ब्याक पाउन सक्नेछन् ।

Bajaj
Nabil
Yamaha

नबिल बैंकको यो अफर बमोजिम ग्राहकहरुले बिग मार्टमा १०% छुट वा अधिकतम ३०० सम्म क्यास ब्याक पाउन सक्नेछन् । यो अफर घटस्थापनाका दिन लागु हुनेछ ।

त्यस्तै किरानामा १५% छुट वा अधिकतम १५०० सम्म क्यास ब्याक पाउन सक्नेछन् । किराना पसलमा यो अफर अक्टोबर ४ देखी अक्टोबर ११ सम्म लागु हुनेछ । दराजमा भने हरेक शुक्रबार १०% छुट वा अधिकतम ५०० रुपैयाँसम्म पाउन सक्नेछन् ।

jagadamba_cement
प्रतिक्रिया दिनुहोस्

Nepal_telecom