Logo

मुक्तिनाथ विकास बैंकका ग्राहकहरूलाई आगन्तुक रिसोर्टमा विशेष छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकहरूलाई आगन्तुक रिसोर्टमा विशेष छुट



काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूलाई थप सेवा दिन आगन्तुक रिसोर्ट प्रालिसँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्नेगरी सम्झौता गरेको छ ।

laxmi

यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूले धुलिखेलमा रहेको आगन्तुक रिसोर्टमा बसाइ र खाना तथा परिकारहरूमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL