Logo

सिटिजन्स बैंकका ग्राहकलाई द एभरेष्ट होटेलमा विशेष छुट, सम्झौतामा हस्ताक्षर

सिटिजन्स बैंकका ग्राहकलाई द एभरेष्ट होटेलमा विशेष छुट, सम्झौतामा हस्ताक्षर



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र द एभरेष्ट होटेल बानेश्वरबीच सिटिजन्स बैंकको कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले द एभरेष्ट होटेलको सेवा सुविधामा विशेष छुट पाउनेछन् ।

laxmi

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । हालसम्म बैंकको डेबिट कार्ड नभएका ग्राहकहरुको लागी समेत घरमै बसी निः शुल्क मोबाइल बैकिङ्ग मार्पmत डेबिट कार्ड को लागी आवेदन दर्ता गर्न सक्ने व्यवस्था मिलाएको छ ।

मोबाइल बैकिङ्ग मार्पmत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, र मुद्दती खाताको आवेदन दिन सक्ने लगायतका व्यवस्था गरेको जानकारी बैंकले गराएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८३ वटा शाखा, १२१ वटा एटिएम र १११ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव साढे १२ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL