Logo

सानिमा बैंकको दसैँ धमाका, सामान खरिदमा छुट साथमा ईएमआई पनि

सानिमा बैंकको दसैँ धमाका, सामान खरिदमा छुट साथमा ईएमआई पनि



काठमाडौं । सानिमा बैंकले दसैँ धमाका योजना सार्वजनिक गरेको छ । अनलाइन सपिङ पोर्टल दराजसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त हुने बैंकले जनाएको छ ।

laxmi

यो योजना अन्तर्गत सानिमा बैंकको डेबिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान खरिद गरी भुक्तानी गर्दा २०% वा अधिकतम् २ हजारसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०% वा अधिकतम् २ हजार ५०० सम्मको छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरूले सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी (ईएमआई) सुविधा पनि प्राप्त गर्न सकिने छ । योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई ‘फर्स्ट कम फर्स्ट सर्भ’को आधारमा छुट प्रदान गरिने बैंकले जनाएको छ ।

सानिमा बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी सुविधा लिँदा ५०० क्यास ब्याक पनि प्रदान गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL