Logo

कामना सेवाको ‘केएस डिजी’ डिजिटल वालेट सेवा सञ्चालनमा, खाता नभएपनि वालेट खोल्न सकिने

कामना सेवाको ‘केएस डिजी’ डिजिटल वालेट सेवा सञ्चालनमा, खाता नभएपनि वालेट खोल्न सकिने



काठमाडौं । कामना सेवा विकास बैंकले के एस डिजी डिजिटल वालेट सेवा संचालनमा ल्याएको छ । बैंकले ग्राहकहरुको हितलाई मध्यनजर गर्दै छिटो कनेक्ट र मनम इन्फोटेकको सहकार्यमा के.एस. डिजी (डिजिटल वालेट) सेवा संचालनमा ल्याएको हो । बैंकका अनुसार उक्त सेवाको प्रयोग गरी बैंकमा खाता नभएका ग्राहकहरुले पनि घरमै बसी झन्झटरहित तवरले मात्र केहि कागजातहरु अपलोड गरी केएस डिजी वालेटको खोल्न सक्नेछन् ।

laxmi

हिजो एक कार्यक्रमका बिच बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले उक्त वालेट सेवाको सुभारम्भ गरेका हुन् । यस डिजिटल वालेट खोल्न एपमा फेस रिकग्नीसन गर्न सक्ने आर्टिफीसीयल इन्टेलीजेन्स (एआई)को प्रयोग गरिएको छ । साथै, खाता खोल्न, कर्जा निवेदन दिन, अन्तरबैंक क्युआर सेवा लिनलगायतका बैकिङ सेवा तथा सुविधाहरु रहेका छन् ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १ सय २९ वटा शाखा, १ वटा ऐक्सटेन्सन काउन्टर तथा ७६ वटा एटिएममार्फत ग्राहकहरुलाई आफनो सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL