Logo

कामना सेवा एनआरएन बचत खाता सञ्चालनमा, ७ प्रतिशत ब्याजदर

कामना सेवा एनआरएन बचत खाता सञ्चालनमा, ७ प्रतिशत ब्याजदर



काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा नेपाल स्थित परिवारजनहरूका लागि कामना सेवा विकास बैंकले नयाँ एनआरएन बचत खाता सञ्चालनमा ल्याएको छ ।

laxmi

७ प्रतिशत ब्याजदर सहितको यो खातामा पहिलो वर्ष निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ्गको सुविधा रहेको बैंकले जनाएको छ । विदेशमा रहेका नेपाली नागरिकले रेमिट्यान्स तथा बैंकिङ्ग प्रणालीबाट नेपालमा आफ्नो परिवारलाई पठाएको पैसा यो खातामा जम्मा गर्न सक्ने बैंकले जनाएको छ ।

साथै यस खाता मार्फत खोलिने मुद्दती निक्षेपमा ०.५ प्रतिशत थप ब्याज पाउन सक्ने पनि बैंकले जनाएको छ । यो खाता अनलाइन माध्यमबाट पनि खोल्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL