Global_Ime

राष्ट्रिय वाणिज्य बैक, युवा परिषद् र चैनपुर नपाबीच सम्झौता, युवालाई उद्यमशीलता विकास र वित्तीय साक्षरताको तालिम दिईने


बिजखबर संवाददाता
15 September, 2021 2:38 pm

राष्ट्रिय वाणिज्य बैक, राष्ट्रिय युवा परिषद् र चैनपुर नपाबीच सम्झौता युवालाई उद्यमशीलता विकास र वित्तीय साक्षरताको तालिम दिईने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक, राष्ट्रिय युवा परिषद र चैनपुर नगरपालिका संखुवासभाबीच एक सम्झौता भएको छ । मंगलबार युवालाई उद्यमशीलताको मार्गदर्शन गराई उद्यमशीलताको विकास र वित्तीय साक्षरताको तालिम कार्यक्रम संचालन गर्नका लागि ३ निकायबीच सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेल र चैनपुर नगरपालिका प्रमुख भरतकुमार खत्रीले हस्ताक्षर गर्नुभएको छ ।

Yamaha

सम्झौता पछि राष्ट्रिय युवा परिषद्ले नगरपालिका भरिका १६ देखि ४० वर्षसम्मका १०० जना युवाहरुलाई उद्यमशीलता विकासको लागि उद्यमशीलता विकास र वित्तीय साक्षरता सात दिने तालिम कार्यक्रम संचालन गर्नेछ । साथै, तालिम प्राप्त उद्यमीहरुलाई आवश्यकता अनुसार बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा लगानी गर्ने छ ।

कार्यक्रममा परिषद्का प्रशासकिय प्रमुख डा. बाबुराम ढुङ्गाना, बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, विभागीय प्रमुखहरु राज्य लक्ष्मी खड्गी, सरोज वस्नेत, कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Nepal_telecom