Logo

नबिल ब्यालेन्सड् फन्ड–३ : माग गरिए भन्दा बढीको आवेदन

नबिल ब्यालेन्सड् फन्ड–३ : माग गरिए भन्दा बढीको आवेदन



काठमाडौं । नबिल म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने बन्द मुखी योजना ‘नबिल ब्यालेन्सड् फन्ड–३’को इकाईहरुमा माग गरिए भन्दा बढीको आवेदन परेको छ ।

laxmi

प्रति इकाई मूल्य १० दरको १० करोड इकाई मध्ये न्यूनतम १ करोड ५० लाख वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १४ प्रतिशत इकाई कोष प्रवर्द्धक नबिल बैंक लिमिटेडलाई सुरक्षित गरिएको छ ।

यसैगरी, १ प्रतिशत योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाईमा सार्वजनिक निष्काशन गरेको तीन दिनमै माग भन्दा बढि इकाई खरिदका लागि आवेदन प्राप्त भएको कम्पनीले जनाएको छ ।

सर्वसाधारण लगानीकर्ताहरुको उल्लेखनीय सहभागिता स्वरुप १ लाख ४ हजार ७७९ आवेदकहरुबाट करिब १२ करोड ६२ लाख ५५ हजार ४० बराबरको इकाई खरिदका लागि आवेदन परेको हो ।

जुन बिक्रीको लागि माग गरिएको आवेदन रकमभन्दा २५ प्रतिशतले बढी आवेदन परेको कम्पनीले जनाएको छ । आवेदन संख्या अझै बढ्न सक्ने पनि कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL