Logo

एभरेष्ट बैंकको ‘एभरेष्ट उत्सवमय अफर’, सहुलियत दरमा घर कर्जा देखि व्यक्तिगत कर्जासम्म

एभरेष्ट बैंकको ‘एभरेष्ट उत्सवमय अफर’, सहुलियत दरमा घर कर्जा देखि व्यक्तिगत कर्जासम्म



काठमाडौं । एभरेष्ट बैंकले नेपालीहरुको महान चाडलाई ध्यानमा राख्दै ‘एभरेष्ट उत्सवमय अफर’ ल्याएको छ ।

यस अन्तर्गत सबै क्षेत्रलाई समेट्दै बैंकले घर भाडा भन्दा सस्तो ‘घर कर्जा’, स्वरोजगार तथा उद्यमीको लागि ‘साना तथा मझौला उद्योग कर्जा’, आफ्नै सावारी साधनको लागि ‘गाडी तथा मोटरसाइकल कर्जा’ तथा व्यक्तिगत प्रायोजनको लागि ‘व्यक्तिगत कर्जा’ योजना ल्याएको हो ।

भदौ २७ गते देखि लागु भएको यस कर्जा योजनामा घर कर्जा ७.४८%, साना तथा मझौला उद्योग कर्जा ७.२४%, गाडी कर्जा ६.८८%, मोटरसाइकल कर्जा ७.९९% तथा व्यक्तिगत कर्जा ७.९९% ब्याजदरमा उपलब्ध हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This