Logo

सेञ्चुरी बैंकको नयाँ बचत खाता, साढे ५ प्रतिशत ब्याजसहित निशुल्क इन्टरनेट बैंकिङ सुविधा

सेञ्चुरी बैंकको नयाँ बचत खाता, साढे ५ प्रतिशत ब्याजसहित निशुल्क इन्टरनेट बैंकिङ सुविधा



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले सेन्चुरी रेमिट प्रिमियम अकाउन्ट नामक बचत खाता संचालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकवर्गको मागलाई ध्यानमा राख्दै नयाँ बचत खाता संचालनमा ल्याएको जानकारी दिएको छ । १ हजार रुपैयाँ न्यूनतम मौज्दात भएको उक्त खातामा वार्षिक ५ दशमलव ५० प्रतिशतका दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गरिने छ ।

उक्त खातामा अन्य बचत खातामा भन्दा १ प्रतिशत बढि ब्याज भुतmानीका साथसाथै इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङ पनि निस्शुल्क उपलब्ध गरिएको छ । उक्त खातामा लकर सेवा, एटिएम र अन्य सुबिधाहरुको व्यवस्था गरिएको छ ।

रेमिट्यान्सबाट आएको रकमलाई सुरक्षित राख्न र उच्च ब्याजदर प्राप्त गर्न इच्छुक ग्राहकवर्गहरुले आफुलाई सहज हुने सेञ्चुरी कमर्सियल बैंकको कुनै पनि शाखा कार्यालयमा गई उक्त नयाँ बचत खाता खोल्ने सुबिधा लिन सक्नेछन् । उक्त खाता खोल्नको लागि कुनै पनि रेमिट्यान्सबाट प्राप्त रसिद भने बैंकलाई अनिवार्य उपलब्ध गराउनुपर्नेछ ।

बैंकले काठमाडौं उपत्यकामा २३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०३ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १८ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १५४ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL