Logo

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङमा अफर, दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउने सकिने

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङमा अफर, दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउने सकिने



काठमाडौँ । सहज एवं सबल बैंकिङ्गको मूल सिद्दान्तअनुरुप गतिशील बैंकिङ्गको अभ्यास गर्दै आएको एन आई सी एशिया बैंकले समयअनुरुप विभिन्न ग्राहकमैत्री आकर्षक योजनाहरू ल्याउने क्रममा आफ्नो मोबाइल बैंकिङ्ग एप (NIC ASIA MoBank) मार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने आकर्षक योजना सार्वजनिक गरेको छ । 

laxmi

बैंकले  यही भाद्र १६ देखि कात्तिक १४ सम्म लागू हुने गरी ल्याएको यस योजनामा बैंकका ग्राहकहरूले NIC ASIA MoBank प्रयोग गरी एक ठाउँबाट अर्काे ठाउँ निःशुल्क रुपमा रकम पठाउन सक्नेछन् । Self Help बैंकिङ्गको अवधारणा अनुरुप NIC ASIA MoBank मार्फत नै आन्तरिक रेमिट्यान्स देशभर पठाउन सकिने यस नवीन सुविधाबाट बैंकका ग्राहकहरूले आफ्ना परिवारजन तथा आफन्तजनलाई सहज रुपमा रकम पठाई योजनाको भरपुर लाभ उठाउन सक्नेछन् ।

यस योजना अन्तर्गत ग्राहकहरूले जुनसुकै स्थानबाट, जुनसुकै समयमा आफ्नो  NIC ASIA MoBank  बाट रेमिट रकम सहज रुपमा पठाउन सक्नेछन् । यसका लागि ग्राहकहरूले आफ्नो मोबाइलमा रहेको  NIC ASIA MoBank  भित्र रहेको Send Remit आइकनमा ट्याप गरेपश्चात् रेमिट्यान्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिट्यान्स पठाउनुको उद्देश्य छनौट गरी सुरक्षित रुपमा रेमिट्यान्स पठाउन सक्नेछन् । यस माध्यमबाट पठाएको रकम देशभर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै १२ हजार भन्दा बढी रेमिट एजेन्टहरूबाट नगद रकम सहजै झिक्न सकिनेछ ।

कोभिड–१९ को महामारीको समयमा डिजिटल कारोबार गर्नुपर्ने आजको आवश्यकतालाई बैंकले ल्याएको यस योजनाबाट ग्राहकहरूलाई बैंक शाखासम्म पुगेर भौतिक फारम भरी रेमिट्यान्स पठाउनुपर्ने झन्झबाट मुक्ति मिल्नुका अलावा वहाँहरूको अमूल्य समयको बचत भई महामारीका बीच भौतिक दुरी कायम गर्न समेत सहयोग मिल्ने विश्वास बैंकले लिएको छ ।

यो बैंक मुलुकभर रहेका ३५६ शाखा कार्यालयहरू, ४७२ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । २७ लाख ३६ हजार भन्दा बढी निक्षेप खाता एवं ९१ हजार भन्दा बढी कर्जा खाता गरी २८ लाख २७ हजार भन्दा बढी खाताहरू मार्फत ग्राहकहरू माझ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्
MBL