Logo

महालक्ष्मी विकास बैंक र सम्यक डायगनोस्टिक प्रालिबीच सम्झौता, बैंकका ग्राहकलाई छुट

महालक्ष्मी विकास बैंक र सम्यक डायगनोस्टिक प्रालिबीच सम्झौता, बैंकका ग्राहकलाई छुट



काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्यक डायगनोस्टिक प्रालि.सँग २०७८ भाद« १५ गते मंगलबार एक सम्झौता गरेको छ ।

उक्त सम्झौता अनुसार ग्राहकहरुले सम्यक डायगनोस्टिक प्रालिको प्रयोगशालामा स्वास्थ्य परिक्षण गराउँदा १० प्रतिशत आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।


देशका १०३ वटा शाखाहरुबाट बैकिङ सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लि. ले कोभिड–१९ को जोखिमलाई न्यूनीकरण गर्न सकेसम्म डिजिटल बैकिङमार्फत कारोबार गरी आफु सुरक्षित भई अरुलाई पनि सुरक्षित राख्न हार्दिक अपिल पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This