Logo

ज्योति विकास बैंकको सामाजिक उत्तरदायित्व, विद्यालयलाई सहयोग प्रदान

ज्योति विकास बैंकको सामाजिक उत्तरदायित्व, विद्यालयलाई सहयोग प्रदान



काठमाडौँ । ज्योति विकास बैंकले जननमूना माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ ।ज्योति विकास बैंकद्वारा वीरेन्द्रनगर सुर्खेत, पिपल चौतारा- ६ स्थित जननमूना माध्यमिक विद्यालयलाई बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत रहेको हाम्रो विकास प्रवर्द्धन कोषमार्फत् समुदायमा व्यवस्थित ढंगले पिउने पानीको धाराको निर्माण र व्यवस्थापन गर्नका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।

समुदायमा व्यवस्थित ढंगले शुद्ध पिउने पानीको धाराको निर्माण र व्यवस्थापन गर्नका लागि बैंकले जननमूना माध्यमिक विद्यालयलाई एक कार्यक्रममार्फत एक लाख पचास हजार बराबरको आर्थिक सहयोग गरेको बैंकले जनाएको छ ।

विद्यालयमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बैंकको सुर्खेत शाखाका शाखा प्रबन्धक जिवन जोशी, जननमूना माध्यमिक विद्यालयका तर्फबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्दप्रसाद कोइराला, प्रधानाध्यापक यामबहादुर श्रेष्ठ र वीरेन्द्रनगर- ६ सुर्खेतका वडा अध्यक्ष मोतीप्रसाद कडेँलको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL