Logo

सेयर धितो कर्जामा राष्ट्र बैंकको थप कडाई, एकाघर परिवार र कम्पनी भित्र १२ करोड मात्रै ऋण पाईने

सेयर धितो कर्जामा राष्ट्र बैंकको थप कडाई, एकाघर परिवार र कम्पनी भित्र १२ करोड मात्रै ऋण पाईने



काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जा एक परिवारले १२ करोड रुपैयाँभन्दा बढि लिन नपाउने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशनमा संसोधन गर्दै एक ग्राहक कर्जा (सिङ्गल अब्लिगर लिमिट) को सीमा १२ करोड रुपैयाँमा सिमित गरिदिएको हो ।

laxmi

नेपाल राष्ट्र बैंक एकिकृत निर्देशन अनुरुप सिङ्गल अब्लिगर भन्नाले राष्ट्र बैंक एकिकृत निर्देशन २०७७ अनुसार एकल ग्राहक कर्जा भन्नाले एउटै ग्राहक, फर्म, कम्पनी वा आपसी सम्बन्ध भएका ग्राहकहरुको समूहलाई जनाउने छ । सोही अनुरुप अबका दिनमा एकाघर परिवारभित्र सबै व्यक्तिले गरेर बढीमा एक बैंकबाट ४ करोड र सबैबाट गरेर १२ करोड रुपैयाँको मार्जिन प्रकृतिको कर्जा प्रयोग गर्न सक्ने नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादूर मिश्रले जानकरी दिए ।

मार्जिन प्रकृतिको सेयर कर्जामा एकाघर परिवारभित्रको सीमा नतोक्दा एउटै परिवारका मान्छेले व्यक्ति पिच्छे १२ करोडका दरले अर्बौ रुपैयाँ सेयर धितो कर्जा लिन सक्ने भएकाले उक्त व्यवस्था गरिएको समेत राष्ट्र बैंकले जानकारी दिएको छ । अहिले बजारमा एक व्यक्तिले १२ करोड र परिवार भित्रका सबै गरेर प्रति व्यक्ति १२ करोडका दरले कर्जा लिने पाईने बुझाईमा लगानीकर्ताहरु रहेका छन् । तर राष्ट्र बैंकको उक्त व्यवस्थाले एउटै ग्राहक, फर्म, कम्पनी वा आपसी सम्बन्ध भएका ग्राहकहरुबीच १२ करोड रुपैयाँ मात्र मार्जिक प्रकृतिको कर्जा लिन पाईने छ ।

राष्ट्र बैंकले एकिकृत निर्देशनमा गरेको उक्त व्यवस्थाले गर्दा सेयर बजारमा ठूलो असर पुर्याउने ठूला लगानीकर्ताहरु बताउँछन् । राष्ट्र बैंकको तथ्याङ्क अनुसार सिमित व्यक्तिलहरुले मात्रै बैंक तथा वित्तीय संस्थाबाट ठूलो मात्रामा सेयर धितो कर्जा लिएर बजारमा लगानी गरेका छन् । उनीहरुले उक्त सीमालाई एकाघर परिवारभित्रै १२ करोडमा सिमित पार्दा ठूलो अंकको ऋण तिर्नुपर्ने देखिन्छ ।

‘अहिले बजारमा एउटै व्यक्तिले अर्ब रुपैयाँसम्म मार्जिन प्रकृतिको कर्जा लिएर सेयर बजारमा लगानी गरेका छन्,’ एक ठुला लगानीकर्ताले भने, ‘राष्ट्र बैंकको सिङ्गल अब्लिगत लिमिट अर्थात एउटै ग्राहक, फर्म, कम्पनी वा आपसी सम्बन्ध भएका ग्राहकहरुको समूह भित्र १२ करोड रुपैयाँमा सीमा तोकिदिँदा आगामी दिनमा बजारमा उच्च गिराव आउने छ ।’

राष्ट्र बैंकको उक्त निर्देशन अनुरुप कुनै ऋणीलाई सीमाभन्दा बढी कर्जा प्रवाह भएको भए त्यस्तो कर्जालाई क्रमिक रुपले घटाउँदै लगी कर्जाको भुक्तानी अवधि वा आगामी एक वर्ष मध्ये जुन पहिले हुन्छ सो अवधि भित्र नियमित गरिसक्नु पर्नेछ । राष्ट्र बैंकले एक बर्षको अबधि दिएपनि ऋणीहरुले आफ्नो धितोमा भएको सेयर फुकुवा गरेर पुनः कर्जा लिँदा सीमा भन्दा बढि कर्जा नपाउने भएका कारण बजारमा ठूलो असर पार्ने समेत सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL