Logo

महालक्ष्मी विकास बैंक र कान्तिपुर अस्पतालबीच सम्झौता, बैंकका ग्राहकलाई अस्पतालको सेवामा विशेष छुट

महालक्ष्मी विकास बैंक र कान्तिपुर अस्पतालबीच सम्झौता, बैंकका ग्राहकलाई अस्पतालको सेवामा विशेष छुट



काठमाडौं । महालक्ष्मी विकास बैंक र कान्तिपुर अस्पतालबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले बैंकको बानेश्वर शाखाको अगुवाईमा कान्तिपुर अस्पताल प्रालिसँग सोमबार सम्झौता भएको हो । उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले कान्तिपुर अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा शुल्कहरुमा छुट पाउनेछन् ।

laxmi

सम्झौता अनुसार बैंकको डेबिट कार्ड र मोबाइल बैंकिङ मार्फत भुक्तानी गर्ने ग्राहकहरुले निशुल्क एम्बुलेन्स सेवा, बेड चार्ज, आईसीयु, एचसीयु भेन्टिलेटर चार्ज र फार्मेसीमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । यस्तै जनरल बेड चार्र्ज/क्याबिन, इन्भेस्टिगेशनलगायतमा १५ प्रतिशतकोको आकर्षक छुट प्राप्त गर्न सक्ने बताईएको छ ।

सम्झौता पत्रमा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक हिमालय बिक्रम मल्ल ठकुरीले र बैंकका तर्फबाट बानेश्वर शाखाका प्रमुख विकास रावलले हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL