Logo

नबिल बैंकको नाफा ३०.०६ प्रतिशतले बढ्यो, कति पुग्यो प्रतिसेयर आम्दानी ?

नबिल बैंकको नाफा ३०.०६ प्रतिशतले बढ्यो, कति पुग्यो प्रतिसेयर आम्दानी ?



काठमाडौं । नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा गत असार मसान्तसम्ममा बैंकले ४ अर्ब ५० करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०.०६ प्रतिशत बढी हो।

laxmi

बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी बढेसँगै सञ्चालन मुनाफा बढेपछि बैंकको खुद नाफा बढ्न पुगेको हो ।

सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ४ अर्ब १४ करोड ६२ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.६४ प्रतिशत, नेट फि तथा कमिशन आम्दानी १९.७४ प्रतिशत र सञ्चालन मुनाफा २६.३५ प्रतिशत बढेको छ।

चुक्ता पूँजीको तुलनामा नाफा बढाउन नसक्दा बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ३७.११ प्रतिशत बढ्दा प्रतिशेयर आम्दानी १ रुपैयाँ ७६ पैसा घटेर ३२ रुपैयाँ ५४ पैसामा झरेको छ । 

उक्त अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २४० रुपैयाँ ७३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४०.६९ गुणा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL