Logo

ग्लोबल आईएमइ बैंकले गर्यो ४ अर्ब १२ करोड बढी नाफा, वितरणयोग्य नाफा २ अर्ब ७६ करोड

ग्लोबल आईएमइ बैंकले गर्यो ४ अर्ब १२ करोड बढी नाफा, वितरणयोग्य नाफा २ अर्ब ७६ करोड



काठमाडौं ।  ग्लोबल आईएमइ बैंक लिमिटेडले गत आर्थिक वर्ष चौथो त्रैमाससम्ममा ४ अर्ब १२ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ४१.८७ प्रतिशतले बढि हो । 

laxmi

गत आर्थिक वर्षको यसै अवधिमा बैंकले २ अर्ब ९० करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा पनि बढेर २ अर्ब ७६ करोड १९ लाख ३ हजार रुपैयाँ पुगेको छ । 

अघिल्लो आर्थिक बर्षमा बैंकको यस्तो मूनाफा १ अर्ब ७३ करोड २८ लाख ८२ हजार रुपैयाँमा सिमित थियो । अघिल्ले आर्थिक बर्षको तुलनामा समिक्षा अवधिमा बैंकको वितरणेग्य मूनाफा ५९.३८ प्रतितशले बढेको हो ।

समिक्षा अवधीमा बैंकले २ खर्ब ६८ अर्ब ४३ करोड ३७ लाख बढी निक्षेप संकलन गरी २ खर्ब २८ अर्ब ८९ करोड ३९ लाख रुपैयाँ बढी कर्जा परिचालन गरेको छ । त्यस्तै अघिल्लो आर्थिक बर्षको अन्तिमसम्ममा १.७६ प्रतिशत रहेको खराब कर्जा समिक्षा अवधीमा घटेर १.४२ प्रतिशतमा पुगेको छ ।   

चौथो त्रैमाससम्म आइपुग्दा बैंकले ९ अर्ब ३ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ८ अर्ब २२ करोड २० लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो जुन ९.४७ प्रतिशतले बढि हो । 

समिक्षा अवधिसम्ममा बैंकको सञ्चालन नाफा ३८.०५ प्रतिशतले बढेर ५ अर्ब ८६ करोड २० लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको सञ्चालन नाफा ४ अर्ब २४ करोड ६४ लाख रूपैयाँमा सिमित थियो । 

साथै अवधिमा बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ८ पैसा रहेको छ अघिल्लो आर्थिक बर्षको तुलनामा प्रतिसेयर आम्दानी ३ रुपैयाँ ७५ पैसाले बढेको छ । त्यसैगरी बैंकको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ११ पैसा पुगेको छ बैंकको पीई रेसियो २३.१२ गुणा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL