Logo

सानिमा बैंकको अधिकांश सूचकमा सुधार, २८.१६ प्रतिशतले बढ्यो नाफा

सानिमा बैंकको अधिकांश सूचकमा सुधार, २८.१६ प्रतिशतले बढ्यो नाफा



काठमाडौं । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ अर्ब २७ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.१६ प्रतिशत बढी हो ।

laxmi

बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । विवरण अनुसार बैंकको अधिकांश सूचकमा सुधार आएको छ । गत असार मसान्तसम्ममा बैंकले २ अर्ब २७ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.१६ प्रतिशत बढी हो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.९३ प्रतिशत बढेको छ भने नेट फि तथा कमिशन आम्दानी ३१.३७ प्रतिशत बढेको छ ।

त्यसैगरी, बैंकको सञ्चालन मुनाफा २८.४२ प्रतिशत बढेको छ । बैंकको इम्पेरमेन्ट चार्ज ७९ करोड ७० लाख रुपैयाँबाट घटेर २८ करोड ९८ लाख रुपैयाँमा झरेसँगै खुद ब्याज आम्दानी वृद्धिदरको तुलनामा सञ्चालन मुनाफा वृद्धिदर धेरै देखिएको हो ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १० प्रतिशत बढेको छ भने जगेडा कोष २९।१८ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप १९.७४ प्रतिशत र कर्जा ३०.९७ प्रतिशत बढेको छ । खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ ।

समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ ३३ पैसा बढेर २३ रुपैयाँ ५१ पैसा पुगेको छ । असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २०.६३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ ६० पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL