Logo

सिद्धार्थ बैंकको नाफा बढेर ३ अर्ब नजिक, नाफा बढेसँगै प्रतिशेयर आम्दानी पनि बढ्यो

सिद्धार्थ बैंकको नाफा बढेर ३ अर्ब नजिक, नाफा बढेसँगै प्रतिशेयर आम्दानी पनि बढ्यो



काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकले समिक्षा अवधिसम्ममा करिब ३ अर्ब खुद नाफा आर्जन गरेको छ ।

laxmi

गत असार मसान्तसम्ममा बैंकले २ अर्ब ८३ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.३१ प्रतिशत बढी हो । खुद ब्याज आम्दानी सामान्य घटेपनि खुद फि तथा कमिशन आम्दानी र अन्य सञ्चालन आम्दानी बढेपछि बैंकको खुद नाफा बढ्न पुगेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.६२ प्रतिशत घटेको छ । त्यसैगरी, बैंकको सञ्चालन मुनाफा ३०.५७ प्रतिशत बढेको छ । बैंकको इम्पेरमेन्ट चार्ज ६८ करोड ६४ लाख रुपैयाँबाट बढेर ८६ करोड रुपैयाँमा पुगेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १२ प्रतिशत बढेको छ भने जगेडा कोष ४९.४८ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको निक्षेप २९.५९ प्रतिशत र कर्जा २८.३० प्रतिशत बढेको छ । खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ ९७ पैसा बढेर २५ रुपैयाँ ८७ पैसा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL