Logo

विकास बैकमा मुक्तिनाथ बैंकको नाफा सबैभन्दा बढी, १ अर्ब १५ करोड खुद नाफा आर्जन

विकास बैकमा मुक्तिनाथ बैंकको नाफा सबैभन्दा बढी, १ अर्ब १५ करोड खुद नाफा आर्जन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा १ अर्ब १५ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

laxmi

उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ६२.७० प्रतिशतले बढि हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ७० करोड ७४ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

अहिलेसम्म वित्तिय विवरण प्रकाशन गर्ने विकास बैंकहरुमा यो नै सबैभन्दा बढि मुनाफा हो । तेस्रो त्रैमाससम्मको वित्तिय विवरण अनुसार पनि यो बैंक नेपालको इतिहासमै एक अर्ब भन्दा बढि मुनाफा कमाउने पहिलो विकास बैंक बनेको थियो ।

समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा पनि बढेर ८६ करोड ५ लाख ३२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक बर्षमा बैंकको यस्तो मूनाफा ४७ करोड ३३ लाख ६३ हजार रुपैयाँमा सिमित थियो ।

समिक्षा अवधीमा बैंकले ८६ अर्ब ९० करोड ३० लाख बढी निक्षेप संकलन गरी ७३ अर्ब ८९ करोड ९५ लाख रुपैयाँ बढी कर्जा परिचालन गरेको छ । त्यस्तै अघिल्लो आर्थिक बर्षको अन्तिमसम्ममा ०.४६ प्रतिशत रहेको खराब कर्जा समिक्षा अवधीमा घटेर ०.२५ प्रतिशतमा पुगेको छ ।   

साथै बैंकको सञ्चालन नाफा ६१.५८ प्रतिशतले बढेर १ अर्ब ६३ करोड ७६ शजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको सञ्चालन नाफा १ अर्ब ८८ लाख रूपैयाँमा सिमित थियो । 

समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ९२ पैसा रहेको छ अघिल्लो आर्थिक बर्षको तुलनामा प्रतिसेयर आम्दानी ७ रुपैयाँ ५६ पैसाले बढेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ४९ पैसा पुगेको छ बैंकको पीई रेसियो २७.४७ गुणा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL