Logo

लघुवित्तको संख्या घटाउँदै राष्ट्र बैंक, बैंक वित्तको क्रस होल्डिङ भएकालाई १ बर्षभित्रै मर्जरमा लगिने

लघुवित्तको संख्या घटाउँदै राष्ट्र बैंक, बैंक वित्तको क्रस होल्डिङ भएकालाई १ बर्षभित्रै मर्जरमा लगिने



काठमाडौं । नेपाल राष्ट्र बैंकको त्रसम होल्डिङ भएका घलुुवित्त कम्पनीहरुलाई १ बर्षभित्रै मर्जरमा लैजानु पर्ने व्यवस्था गरेको छ । वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको दोहोरो लगानी (क्रस होल्डिङ) भएका लघुवित्त वित्तीय संस्थाहरु २०७९ असार मसान्तभित्र एक आपसमा गाभ्नु वा गाभिनु पर्ने व्यवस्था गरेको हो ।

laxmi

पछिल्लो समय एउटै बैंकले १ दर्जनभन्दा बढी लघुवित्त कम्पनीमा लगानी गरेको भन्ने तथ्यहरु बाहिर आईरहेको अवस्थामा राष्ट्र बैंकको उक्त नीतिले आगामी दिनमा लघुवित्त कम्पनीको संख्या घटाउन सहयोग पुर्याउने छ ।

लघुवित्त वित्तीय संस्थाहरुले वाणिज्य बैंकको वित्तीय प्रतिनिधिको रुपमा कार्य गर्न सक्ने सम्बन्धमा आवश्यक अध्ययन गरिने भएको छ । राष्ट्रिय स्तरका लघुवित्त वित्तीय संस्थाहरुले नेपाल वित्तीय प्रतिवेदनमान बमोजिम वित्तीय विवरण प्रकाशन गर्नु पर्ने व्यवस्था लागू गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL