Logo

लघुवित्तले २५ प्रतिशतसम्म ऋणपत्र निष्कासन गर्न पाउने, मर्जरमा जाँदा होलसेललाई पनि खुद्रा कारोबार गर्न छुट

लघुवित्तले २५ प्रतिशतसम्म ऋणपत्र निष्कासन गर्न पाउने, मर्जरमा जाँदा होलसेललाई पनि खुद्रा कारोबार गर्न छुट



काठमाडौं । थोक कारोबार गर्ने लघुवित्त कम्पनीहरुले २५ प्रतिशतसम्म ऋणपत्र निष्कासन गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गर्दै उक्त व्यवस्था गरेको हो ।

laxmi

यसअघि बैंक तथा फाईनान्स कम्पनीले मात्रै प्राथमिक पुँजीको २५ प्रतिशत बराबरको ऋणपत्र जारी गर्न पाउने व्यवस्था भएकोमा चालू आबको मौद्रिक नीतिले उक्त व्यवस्था गरिदिएको हो ।


यसैगरी मौद्रिक नीतिले होलसेल र खुद्रा घलुवित्तबीच मर्जर गरेमा थप सुविधा प्रदान गरेको छ । यसरी मर्जर भएमा होलसेल लघुवित्तले समेत खुद्रा कारोबार गर्न पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL