Logo

लक्ष्मी बैंकले १ बर्षमा कमायो १ अर्ब ५४ करोड, संचालन आम्दानीसँगै खुद नाफामा वृद्धि

लक्ष्मी बैंकले १ बर्षमा कमायो १ अर्ब ५४ करोड, संचालन आम्दानीसँगै खुद नाफामा वृद्धि



काठमाडौं । लक्ष्मी बैंकले गत आर्थिक बर्षको चौथो त्रैमाससम्म १ अर्ब ५४ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकलेले आर्थिक वर्ष २०७७।७८ अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै १ अर्ब ५४ करोड १३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको जानकारी दिएको हो । बैंकको खुद ब्याज आम्दानी घटेपनि सो अबधिमा खुद नाफामा भने ९ दशमलव २० प्रतिशतको वृद्धि भएको छ ।

laxmi

बैंकको खुद ब्याज आम्दानी घटेपनि अन्य सञ्चालन आम्दानी बढेपछि खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७ दशमलव ०१ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी २३ दशमलव ६५ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा ७ दशमलव ६६ प्रतिशत बढेको छ। बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा ४७ करोड ५२ लाख रुपैयाँबाट बढेर ५६ करोड ७६ लाख रुपैयाँ पुगेको छ।

सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३६ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी सामान्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ पैसा बढेर १४ रुपैयाँ ४१ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २७ दशमलव ४१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ५७ रुपैयाँ ३२ पैसा रहेको छ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ९ प्रतिशत बढेको छ भने जगेडा कोष ४७ दशमलव २९ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप १६ दशमलव ५० प्रतिशत र कर्जा १९ दशमलव ८६ प्रतिशत बढेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL