Logo

इन्भेष्टमेन्ट बैंकको ब्याज आम्दानी घटेपनि खुद मुनाफा ५०% ले बढ्यो, ३ अर्ब ६५ करोड आम्दानी

इन्भेष्टमेन्ट बैंकको ब्याज आम्दानी घटेपनि खुद मुनाफा ५०% ले बढ्यो, ३ अर्ब ६५ करोड आम्दानी



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको खुद ब्याज आम्दानी घटेपनि खुद नाफामा भने उल्लेख्य सुधार गरेको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै आफ्नो खुद मुनाफामा ५० दशमलव ६९ प्रतिशतको वद्धि भएको बताएको हो । यस अवधिमा बैंकले ३ अर्ब ६५ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

laxmi

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३ दशमलव २० प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ६ दशमलव ७३ प्रतिशत घटेको छ। तर, बैंकको सञ्चालन मुनाफा ४९ दशमलव ५० प्रतिशत बढेको छ। बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा १ अर्ब ९९ करोड ७२ लाख रुपैयाँबाट घटेर ३७ करोड ७९ लाख रुपैयाँमा झरेको छ।

सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९९ करोड ३३ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५ रुपैयाँ ४५ पैसा बढेर २२ रुपैयाँ ४६ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २० दशमलव ३८ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १ सय ९८ रुपैयाँ ४८ पैसा रहेको छ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १४ दशमलव ०९ प्रतिशत बढेको छ भने जगेडा कोष २३ दशमलव ८७ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप ४ दशमलव ९३ प्रतिशत र कर्जा १६ दशमलव १५ प्रतिशत बढेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL