Logo

व्याज आम्दानीसँगै घट्यो एभरेष्ट बैंकको नाफा, वितरणयोग्य मुनाफा २ अर्ब ३६ करोड

व्याज आम्दानीसँगै घट्यो एभरेष्ट बैंकको नाफा, वितरणयोग्य मुनाफा २ अर्ब ३६ करोड



काठमाडौं । एभरेष्ट बैंकको खुद व्याज आम्दानीसँगै खुद नाफा ओरालो लागेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकले गत असार मसान्तसम्म १ अर्ब ८२ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २७ दशमलव ३४ प्रतिशत कम हो।

laxmi

गत बर्षभरी बैंकको खुद ब्याज आम्दानी २५ दशमलव ४३ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी २४ दशमलव ४० प्रतिशत घटेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा २६ दशमलव ९६ प्रतिशत घटेको छ। बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा ५४ करोड ८४ लाख रुपैयाँबाट घटेर २६ करोड १६ लाख रुपैयाँ पुगेको छ।

सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ३६ करोड ४९ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। गत आर्थिक वर्षमा ५ प्रतिशत बोनस सेयर वितरण गरी चुक्ता पूँजी बढाएको उक्त बैंकको यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षको असार मसान्तको तुलनामा ९ रुपैयाँ १० पैसा घटेर २० रुपैयाँ ४६ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ३५ दशमलव ९ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २ सय ३२ रुपैयाँ ५८ पैसा रहेको छ।

समीक्षा अवधिमा बैंकको जगेडा कोष १६ दशमलव ०४ प्रतिशत बढेको छ भने निक्षेप ११ दशमलव ६२ प्रतिशत र कर्जा १३ दशमलव ७९ प्रतिशत बढेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL