Logo

३१.४० प्रतिशतले बढ्यो नेपाल बैंकको नाफा, एक बर्षमा ३ अर्ब बढी आम्दानी

३१.४० प्रतिशतले बढ्यो नेपाल बैंकको नाफा, एक बर्षमा ३ अर्ब बढी आम्दानी



काठमाडौं । नेपाल बैंकको खुद मुनाफा अघिल्लो आर्थिक बर्षको तुलनामा ३१ दशमलव ४० प्रतिशतले बढेको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै खुद मुनाफामा वृद्धि भएको बताएको हो । बैंकको वित्तीय विवरण अनुसार गत असार मसान्तसम्म बैंकले ३ अर्ब ६ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१ दशमलव ४० प्रतिशत बढी हो।

laxmi

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १४ दशमलव ९८ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १९ दशमलव ०१ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा २८ दशमलव ३५ प्रतिशत बढेको छ। बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा ८७ करोड ९६ लाख रुपैयाँबाट घटेर ४१ करोड ८६ लाख रुपैयाँमा झरेको छ।

सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ४९ करोड ७० लाख रुपैयाँ रहेको छ।
खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ ५८ पैसा बढेर २४ रुपैयाँ २६ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १८ दशमलव २६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २६३ रुपैयाँ १९ पैसा रहेको छ।

गत आर्थिक वर्षमा १२ प्रतिशत बोनस सेयर वितरण गरी चुक्ता पूँजी बढाएको बैंकको जगेडा कोष समीक्षा अवधिमा ९ दशमलव ९९ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप १४ दशमलव ९९ प्रतिशत र कर्जा ३० दशमलव २३ प्रतिशत बढेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL