Logo

कृषि विकास बैंकको नाफा १०.८९ प्रतिशतले बढ्यो, एक बर्षमै कमायो ३ अर्ब ६९ करोड ४४ लाख

कृषि विकास बैंकको नाफा १०.८९ प्रतिशतले बढ्यो, एक बर्षमै कमायो ३ अर्ब ६९ करोड ४४ लाख



काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक बर्षभरी ३ अर्ब ६९ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक बर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १० दशमलव ८९ प्रतिशत बढेको जानकारी दिएको हो ।

laxmi

विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी घटेपनि खुद ट्रेडिङ आम्दानी र अन्य सञ्चालन आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज घटेका कारण खुद नाफा बढ्न टेवा पुगेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६ दशमलव ७३ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १५ दशमलव ६० प्रतिशत घटेको छ । तर, बैंकको खुद ट्रेडिङआम्दानी ३९ करोड २१ लाख रुपैयाँबाट बढेर ९५ करोड ८४ लाख रुपैयाँ पुगेको छ । यस्तै अन्य सञ्चालन आम्दानी ३ करोड ५९ लाख रुपैयाँबाट बढेर ५० करोड २९ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी, बैंकको सञ्चालन मुनाफा २१ दशमलव ०३ प्रतिशत बढेको छ ।

बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७३ करोड ५० लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL