Logo

एभरेष्ट बैंकको नयाँ शाखा ललितपुरको भैसेँपाटीमा, शाखा संख्या १०४ पुग्यो

एभरेष्ट बैंकको नयाँ शाखा ललितपुरको भैसेँपाटीमा, शाखा संख्या १०४ पुग्यो



काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउनका लागि भैसेँपाटी, ललितपुरमा आफ्नो १०४औं शाखाको उद्घाटन गरेको छ ।

आइतबार शाखाको बैंकका सहायक महाप्रबन्धक केशवराज पौडेल र ललितपुर महानगरका वडा न्मब्र १८ का अध्यक्ष पुरुषोत्तम खड्काले संयुक्त रुपमा उद्घाटन गरेकाछन् ।

उद्घाटन समारोहमा ललितपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष निरुजङ्ग थापा नेपाल प्रहरीका भैसेँपाटी क्षेत्र इन्चार्ज लोक बहादुर गुरुङ्ग, बैंकका बागमती प्रदेशका प्रादेशिक प्रबन्धक सन्तोष भट्टराई, बैंकका बजार विभाग प्रमुख पुष्प राज उप्रेतीसहित अन्य स्थानीय विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

यसै उद्घाटन समारोहमा बैंकले आफ्ना ग्राहकहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासन व्यक्त गरेको छ । 

स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १०४ शाखा संजाल, प्रादेशिक कार्यालय , १३६ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्
MBL