Logo

सिटिजन्स बैंकको शाखा रहित बैंकिङ सेवा बर्दियाको जोगीगाउँमा, ग्रामिण क्षेत्रमा सेवा विस्तार

सिटिजन्स बैंकको शाखा रहित बैंकिङ सेवा बर्दियाको जोगीगाउँमा, ग्रामिण क्षेत्रमा सेवा विस्तार



काठमाडौं। सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले शाखा रहित बैंकिङ सेवा विस्तार गरेको छ । बैंकले बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका जोगीगाउँ बजारमा शाखा रहित बैंकिङ सेवा प्रारम्भ गरेको हो ।

laxmi

सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी चित्रबहादुर थारूलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ ।

यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने बैंकले बताएको छ ।

यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एवं बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL