Logo

एनआईबिएल सहभागिता फण्डको दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा सार्वजनिक योजनाको विजेता घोषणा

एनआईबिएल सहभागिता फण्डको दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा सार्वजनिक योजनाको विजेता घोषणा



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड कोष प्रर्बद्धक र एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत संचालित खुलामुखी योजना, एनआईबिएल सहभागिता फण्डको दोस्रो वार्षिकोत्सवको उपल्क्षयमा योजना व्यवस्थापकले लगानीकर्ताहरुलाई आफ्नो लगानीलाई तत्काल दुई गुणासम्म बृद्धि गराउने योजाना गत असार २०,२०७८ देखि असार २४,२०७८ सम्मका लागि ल्याएको थियो ।

laxmi

यस योजनाका विजेताहरुको घोषणा मिति २०७८ साल श्रावण १५ गते बिहान ११ बजे गोलाप्रथाद्वारा फेसबुक लाइभमार्फत सम्पन्न भएको थियो । साथै यस योजनाका विजेताहरुलाई एनआईबिएल एस क्यापिटल लिमिटेडले, विजेताहरुले प्रदान गर्नुभएको सम्पर्क नं वा इमेलद्वारा जानकारी गराइने बताइएको छ ।

योजनाका विजेताहरुको नाम एनआईबिएल एस क्यापिटल लिमिटेडको वेवसाईट तथा सामाजिक संजालमा पनि प्रकाशित गर्ने जानकारी दिइएको छ । थप जानकारीको लागि, एनआईबिएल एस क्यापिटल लिमिटेडको वेवसाईट तथा मुख्य कार्यालयमा सम्पर्क गर्न सकिने बताएएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL