Logo

सिटिजन्स बैंकको खुद नाफामा ३३.४० प्रतिशतको वृद्धि, वितरण योग्य मुनाफा डेढ अर्ब नाघ्यो

सिटिजन्स बैंकको खुद नाफामा ३३.४० प्रतिशतको वृद्धि, वितरण योग्य मुनाफा डेढ अर्ब नाघ्यो



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको वितरण योग्य मुनाफा डेढ अर्बभन्दा माथि पुगेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।

उक्त अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ५७ करोड ८५ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९१.५७ प्रतिशत बढी हो ।

असार मसान्तसम्ममा बैंकले १ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ३३.४० प्रतिशत बढी हो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २५.०८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४३।६६ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको चुक्ता पूँजी समीक्षा अवधिमा ३८.३६ प्रतिशत, जगेडा कोष ४०.९२ प्रतिशत, निक्षेप ५८.९२ प्रतिशत र कर्जा ५०.१३ प्रतिशत बढेको छ ।

बैंकको प्रतिशेयर आम्दानी समीक्षा अवधिमा १ रुपैयाँ ५० पैसा बढेर १५ रुपेयाँ ३८ पैसा पुगेको छ । त्यसैगरी, असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपातथ २५.१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ४९ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL