Logo

नबिल बैंकले निष्काशन गर्याे ३ अर्ब बराबरको ऋणपत्र, ८ प्रतिशत ब्याज पाईने

नबिल बैंकले निष्काशन गर्याे ३ अर्ब बराबरको ऋणपत्र, ८ प्रतिशत ब्याज पाईने



काठमाडौं । नबिल बैंकले आईतबारदेखि ३ अर्ब रुपैया“ बराबरको ३० लाख कित्ता ऋणपत्र (डिबेञ्चर) निष्काशन गरेको छ । ‘८∞ नबिल डिबेन्चर २०८५’ नाम दिइएको ७ वर्ष अवधि रहेको उक्त ऋणपत्र प्रति इकाई १ हजार रुपैया“ अंकित दरमा बिक्रीमा आएकोे छ । ऋणपत्रमा लगानी गर्दा वार्षिक ८ प्रतिशत ब्याजद∕ पाईने बैंकले जानकारी दिएको छ ।

नबिल बैंकले बिक्रीमा ल्याउने कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैया“ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्नेछ भने बाँकी १ अर्ब ८० करोड रुपैया“ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL