Logo

कुमारी बैंकले गर्यो सीईओ सुरेन्द्र भण्डारीको बिदाई, कामु प्रमुख कार्यकारी अधिकृतमा तिमिल्सिना नियुक्त

कुमारी बैंकले गर्यो सीईओ सुरेन्द्र भण्डारीको बिदाई, कामु प्रमुख कार्यकारी अधिकृतमा तिमिल्सिना नियुक्त



कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र भण्डारीले आफ्नो ४ वर्षे कार्यकाल पूरा गरी शुक्रबार बैंकबाट विदा भएका छन् ।

laxmi

शुक्रबारबाट कुमारी बैंकको सञ्चालक समितिले भण्डारीलाई औपचारिक रुपमा विदाई गर्दै सोही बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत अनुज मणि तिमिल्सिनालाई शुक्रबारकै मितिदेखि बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत तोकेको छ ।

बैंकबाट विदा भएका भण्डारी विगत ३५ वर्षदेखि बैंकिङ्ग क्षेत्रमा काम गर्दै आएका छन् भने उनले विभिन्न बैंकका प्रमुख कार्यकारी अधिकृतको रुपमा २१ वर्षको वृहत कार्यकालको अनुभव कमाइसकेका छन् ।

सोही अनुभवलाई तारिफ गर्दै कुमारी बैंकले भण्डारीको कार्यकालमा बैंकले प्रशंसनीय स्थरोत्रति गर्दै नेपालका सफल बैंकहरूको सूचीमा अग्रस्थानमा पुग्न सफल भएको बताएको छ । बैंकले उनकै कार्यकालमा ७ विभित्र वित्तीय संस्थाहरूका साथै तत्कालीन देवः विकास बैंकलाई पनि प्राप्ति गरेर बैंकको व्यवसायको दायरा निकै फराकिलो पारेको बताएको छ ।

बैंकको सञ्चालक समितिको बैठकमा भण्डारीले आफ्नो परिवार तथा समाज प्रतिका अन्य जिम्मेवारीहरू वहन गर्नुपर्ने बेला आएको हुनाले पदभारबाट विदा लिन चाहेको जानकारी गराउँदै नयाँ पिँढीले बैंकको सबल, सक्षम कार्यसम्पादन गर्नका लागि शुभकामना पनि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL