Logo

नबिल बैंकको वार्षिकोत्सव अफर, कार्ड, स्मार्टबैंक तथा लकरहरुमा ३७ दिन छुट

नबिल बैंकको वार्षिकोत्सव अफर, कार्ड, स्मार्टबैंक तथा लकरहरुमा ३७ दिन छुट



काठमाडौं । नबिल बैंकले ‘३७ दिने ह्याप्पीनेस अफर सार्वजनिक गरेको छ । बैंकले आफ्नो ३७औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरुका लागि कार्ड, स्मार्टबैंक लगायत लकरहरुमा विभिन्न छुट प्याकेज सहितको उक्त अफर सार्वजनिक गरेको हो ।

उक्त अफर अन्तर्गत नबिल बैंकले सोमबारदेखि ३७ दिन सम्म नयाँ व्यक्तिगत बचत खाताहरुमा नबिल क्रेडिट कार्ड, नबिल डेबिट कार्ड, नबिल आईकार्ड, नबिल स्मार्टबैंक (मोबाईल बैंकिङ) र लकर शुल्कहरुमा विशेष छुटको व्यवस्था गरेको छ ।

उक्त अफर असार २८ गते देखि भाद्र १ सम्म खुलेको नयाँ व्यक्तिगत बचत खाताहरुमा मात्र उपलब्ध भएको हुनाले, नबिल बैंकको नजिकको शाखामा गई ग्राहक महानुभावहरुले खाता खोलि अफरको लाभ लिई ढुक्क हुन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL