Logo

ज्योति विकास बैंकको ‘ज्योति विकास बैंक बोन्ड २०८७ ऋणपत्र’ निष्काशन, ९ प्रतिशत वार्षिक ब्याजदर

ज्योति विकास बैंकको ‘ज्योति विकास बैंक बोन्ड २०८७ ऋणपत्र’ निष्काशन, ९ प्रतिशत वार्षिक ब्याजदर



काठमाडौंं । ज्योति विकास बैंकले २०७८ असार २० गते देखि रु एक हजार अंकित दरका १५ लाख कित्ताले हुन आउने १.५ अर्ब रुपैयाँको ज्योति विकास बैंक बोन्ड २०८७ू ऋणपत्र निष्काशन खुल्ला गरेको छ । बैंकले निष्काशनको निमित्त एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको छ ।

९ प्रतिशत वार्षिक ब्याजदरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गर्ने गरि १० वर्ष अवधिको लागि ऋणपत्र निष्काशन गरिएको हो । १.५ अर्ब रुपैयाँको ऋणपत्र मध्ये सर्वसाधारण लगानीकर्ताहरुका लागि ६० करोड रुपैयाँ र व्यक्तिगत र विभिन्न संघसंस्थाहरुका लागि रु ९० करोड निष्काशन तथा बिक्री खुल्ला गरेको हो।उक्त ऋणपत्रमा न्युनतम आवेदन २५ कित्ता देखि अधिकतम आवेदन सम्पूर्ण कित्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL