Logo

मुक्तिनाथ विकास बैंकको ऋणपत्र निष्कासन हुँदैं, ८ दशमलव ७५ प्रतिशत ब्याजदर

मुक्तिनाथ विकास बैंकको ऋणपत्र निष्कासन हुँदैं, ८ दशमलव ७५ प्रतिशत ब्याजदर



काठमाडौं । मुक्तिनाथ विकास बैंकले १२ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

बैंकले ८ दशमलव ७५ प्रतिशत ब्याजदर रहेको ७ वर्षे अवधिको प्रतिऋणपत्र रू. १ हजार दरको रू. १ अर्ब २५ करोड बराबरको उक्त ऋणपत्र निष्कासनका लागि असार ८ गते अनुमति पाएको हो ।

कुल कित्तामध्य रू. ७५ करोड बराबरको ७ लाख ५० हजार कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघ संस्थाहरुलाई विक्री गर्ने र रू. ५० करोड बराबरको ५ लाख कित्तामध्य २५ हजार कित्ता सामूहिक लगानीकोषको लागि सुरक्षित गरी बाँकी ४ लाख ७५ हजार कित्ता सार्वजनिक निष्कासनमा ल्याउने जानकारी बैंकले गराएको छ । यो ऋणपत्र विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL