Global_Ime

एनआईसी एशिया बैकको ‘टिकटक भिडियो च्यालेन्ज’ प्रतियोगिता, बिजेताले पाउनेछन आकर्षक उपहार


बिजखबर संवाददाता
25 June, 2021 11:48 am

nic asia

काठमाडौं । एनआईसी एशिया बैंकले टिकटक भिडियो बनाउनेहरूलाई लक्षित गरी ‘टिकटक भिडियो च्यालेन्ज’ प्रतियोगिता सार्वजनिक गरेको छ ।

Yamaha

२०७८ असार ६ देखि साउन ५ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा बैंकको आधिकारिक टिकटक पेजमा बैंकले डिजिटल बैंकिङ्ग प्रवद्र्धनार्थ तयार पारेको ‘मोबैंक गरौं’ थिमका ६ वटा फरक फरक जिंगलहरू प्रयोग गरेर सहभागी हुन सकिने जनाएको छ । यस प्रतियोगितामा सहभागी भई प्रति भिडियो १५ हजार बराबरको आकर्षक उपहारहरू जित्न सकिने र एक जना सहभागीको एक भन्दा बढी भिडियोहरू छनौट भएमा १५ हजारका दरले हुन आउने कुल रकम बराबरको आकर्षक उपहारको व्यवस्था गर्ने बैंकले जनाएको छ ।

‘टिकटक भिडियो च्यालेन्ज’ मा सहभागी हुनको लागि सहभागीले बैंकको आधिकारिक टिकटक पेज फलो गर्नुपर्नेछ । सहभागीले आफुले बनाएको भिडियो आफ्नो टिकटक पेजमा ५ जना साथीहरूलाई ट्याग एवं @NICASIABankOfficial, #nicasiabank, #mobankgarau  समेत उल्लेख गरेर सार्वजनिक रुपमा सेयर गर्नुपर्ने जनाएको छ । अपलोड भएका ६ वटा थिमका भिडियोहरू मध्ये प्रत्येक थिममा सबैभन्दा बढी पटक हेरिएका एक÷एक वटा भिडियो विजयी हुनेछन् ।

विजेता बन्न योग्य हुनका लागि कुनै पनि भिडियो न्यूनतम १५ हजार पटक हेरिएको हुनुपर्नेछ । यसरी सहभागीले बनाएका भिडियोहरूलाई बैंकले आफ्नो प्रयोजनको लागि कुनै पनि समयमा प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Nepal_telecom