Logo

नबिल बैंकको बैंकिङ प्रणाली अपग्रेड गरिदैं, आजबाट सेवा प्रभावित हुने

नबिल बैंकको बैंकिङ प्रणाली अपग्रेड गरिदैं, आजबाट सेवा प्रभावित हुने



काठमाडौं । नबिल बैंकको ग्राहक सेवा आज शुक्रवारदेखि सोमबारसम्म प्रभावित हुने भएको छ । यससम्बन्धी बैंकले जारी गरेको सूचना अनुसार शुक्रवार असार ४ गते अपराह्न ४ बजे देखि सो बैंकको कोर बैंकिंङ प्रणाली (सीबीएस) अपग्रेड गर्न लागिएको हो ।

laxmi

सो प्रणालीको स्तरोन्नति (अपग्रेडेशन) प्रक्रियाको क्रममा बैंकले प्रयोग गरिरहेको सीबीएस बन्द हुने जनाइएको छ । यसरी स्तरोन्नति चलिरहेको बेला बैंकले ग्राहकलाई प्रदान गर्दै आएको सम्पूर्ण बैंकिंग सेवा बन्द रहने छ ।

त्यसैले ५ गते शनिवार पुरै दिन, ६ गते आइतबार पुरै दिन र ७ गते बिहान ९ बजेसम्म सो बैंकको सबै शाखा बन्द रहने सूचनामा उल्लेख छ। त्यसै गरी सो समयमा इन्टरनेट बैंकिंग, मोबाइल बैंकिंग, एटिएम, कार्ड र रेमिटेन्स सेवा समेत बन्द रहने छ ।

बैंकले सो समयमा सबै सेवा बन्द हुने हुँदा सो समयमा गर्ने पर्ने कामको लागि त्यसअघि नै बैंकलाई जानकारी गराउन पनि सम्पूर्ण ग्राहकलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL