Logo

विश्व बैकको सहयोगमा नेपाल सरकार र कृषि विकास बैंकबीच सम्झौता, समृद्धिका लागि वन परियोजना सञ्चालन हुने

विश्व बैकको सहयोगमा नेपाल सरकार र कृषि विकास बैंकबीच सम्झौता, समृद्धिका लागि वन परियोजना सञ्चालन हुने



काठमाडौँ । विश्व बैकको सहयोगमा नेपाल सरकार र कृषि विकास बैंक विच सम्झौता भएको छ ।

नेपाल र अन्तराष्ट्रिय विकास संस्था विश्व बैंक बीच रणनैतिक जलवायु कोष (Strategic Climate Fund)  अन्तर्गत समृद्धिका लागि वन परियोजना सञ्चालनको लागि कुल अमेरिकी डलर एक करोड ७९ लाख अमेरिकी डलर २०७७ साल चैत्र ६ गते सम्पन्न भएको ऋण सम्झौताको आधारमा वन तथा वन पैदावर सम्बन्धी व्यवसाय गर्ने उद्यमी र वित्तीय संस्थालाई कर्जा लगानी गर्न विनियोजित अमेरिकी डलर साठी लाख बराबर नेपाली मुद्रामा नेपाल सरकारले सहायक ऋणको रुपमा कृषि विकास बैंकलाई उपलब्ध गराउन सम्झौता भएको हो । 

उक्त सम्झौतामा नेपाल सरकारका सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख बाबूराम सूवेदीले र  कृषि विकास बैंकका प्रमूख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले सम्झौतामा हस्ताक्षर गरेका थिए ।

सम्झौता पश्चात कृषि विकास बैंकले बन तथा वातावरण मन्त्रालय अन्र्तगत रहेको रेड कार्यान्वयन केन्द्रसंग समन्वय गरी प्रदेश २ र लूम्विनी प्रदेशका वन तथा वनजन्य उद्योग व्यवसायिहरुलाई कर्जा उपलब्ध गराउने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
MBL