Logo

प्रभु बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन, यसरी गर्नुस आवेदन

प्रभु बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन, यसरी गर्नुस आवेदन



काठमाडौं । प्रभु बैंक लिमिटेडको ऋणत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत जेठ ११ गतेदेखि वार्षिक साढे ८ प्रतिशत ब्याजदर पाइने ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको थियो ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशनमा ल्याएको हो। सोमध्ये १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिएको हो भने बाँकी २४ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिएको छ। सर्वसाधारणलाई निष्काशन गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ८० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएकोमा २ हजार ५०० कित्ता बाँडफाँट गरिएको छ। सर्वसाधारणले बाँकी १५ लाख ९७ हजार ५०० कित्ताका लागि आवेदन दिन सक्नेछन्।

सो ऋणपत्रको अवधि १० वर्ष रहनेछ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ।सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL