Logo

सिटिजन्स बैंकको ‘पे डे लोन’ कर्जा सुविधा सार्वजनिक, ग्राहकले २ लाखसम्म कर्जा पाउने

सिटिजन्स बैंकको ‘पे डे लोन’ कर्जा सुविधा सार्वजनिक, ग्राहकले २ लाखसम्म कर्जा पाउने



काठमाडौं । ‘हजुरको प्रगतिको सहयात्री’ भन्ने नारालाई आत्मसाथ गरी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एफ वान सफ्ट इन्टरनेशनल प्रालिसँग सहकार्य गरेर आफ्ना ग्राहकहरुको सुविधाका लागि ‘पे डे लोन’ नामक नयाँ कर्जा सुविधा सार्वजनिक गरेको छ ।

laxmi

बैंकको मुख्य कार्यालय भवन, नारायणहिटी पथ, दरबारमार्गमा आयोजित एक भर्चुअल कार्यक्रम बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले कम्प्युटरमा क्लिक गरी ‘पेडे लोन’ योजना सार्वजनिक गरेका हुन् ।

बैंकमा तलब खाता संचालन गरिरहेका तथा बचत खातामा नियमित कारोबार गर्ने ग्राहकहरुले अधिकतम ३० दिनसम्मका लागि अधिकतम २ लाख रुपैयाँसम्म मोबाइल बैंकिङबाट पेडे लोन सुविधा सहजै प्राप्त गर्न सक्ने जनाएको छ । भने कर्जाको लागि कुनै पनि निवेदन दिन र कानुनी कागजात गरी रहनुपर्ने छैन ।

ग्राहकहरुलाई आवश्यक भइरहने खर्च व्यवस्थापन गर्न पेडे लोन सुविधाबाट अधिकतम लाभ प्राप्त हुनेमा बैंक विश्वस्त रहेको छ । बिनाधितो, बिनाकागजी प्रक्रिया, बिनाबैंक शाखा भ्रमण तथा तुरुन्त ऋण प्राप्त गर्न सकिनेजस्ता विशेषताले गर्दा यो लोकप्रिय हुने विश्वास बैंकले लिएको छ ।

आफ्ना सेवाहरुलाई डिजिटलमैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले पेडे लोन योजना संचालनमा ल्याएको जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आफ्ना आदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरू डिजिटल च्यानलको माध्यमबाट प्रदान गरिरहेको छ ।

यसलाई मूर्त रुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी मोबाइल बैंकिङ्ग एपमा लग-इन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान तथा विथ ड्र सेवा, मोबाइल बैंकिङको पिन नम्बर बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट नगरी घरबाटै पिन रिसेट गर्न सकिनेजस्ता सेवाहरुको थालनी गरेको जनाएको छ ।

यस प्रकारको सेवाबाट डिजिटल बैंकिङ सभ्यताको विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १६८ वटा शाखा, १११ वटा एटिएम र १०९ वटा शाखारहित बैंकिङ इकाईहरुबाट करिब १० लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL