Logo

टुरिजमले मातृभूमी बैंक किन्ने, शेयरधनीलाई १६ प्रतिशत नगद लाभांस दिने घोषणा

टुरिजमले मातृभूमी बैंक किन्ने, शेयरधनीलाई १६ प्रतिशत नगद लाभांस दिने घोषणा


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । टुरिजम डेभलपमेन्ट बैंकले मातृभूमि विकास बैंकलाई खरिद गर्ने भएको छ । बिहीबार यस सम्वन्धमा दुबै बैंकबीचसम्झौता भएको हो ।

यसैबीच टुरिजम डेभलपमेन्ट बैंकले आफ्ना शेयरधनीलाई १६ दशमलव८४ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको छ । बैंकको बिहीबार बसेको सञ्चालक समितिको १ सय४३औं बैठकले यस्तो निर्णय गरेको हो ।

बैंकले गत वर्षको सञ्चित नाफाबाट चुक्ता पूाजीको १६ प्रतिशतले हुने १० करोड ८५ लाख ४४ हजार रुपैयाा बराबरको बोनश शेयर बाड्न लागेको हो । त्यस्तै ५७ लाख १२ हजार ८ सयरुपैयाँ नगद लाभांस वितरण गर्ने बताएको छ ।

बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंक र आगामी साधारणसभाबाट स्वीकृत भएपछि शेयरधनीलाई वितरण गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL