Logo

नबिल बैंक र युनाइटेड फाइनान्सबीच मर्जर सम्झौता, यस्तो छ स्वाप रेसियो

नबिल बैंक र युनाइटेड फाइनान्सबीच मर्जर सम्झौता, यस्तो छ स्वाप रेसियो



काठमाडौं । नबिल बैंक र यूनाइटेड फाइनान्सबीच मर्जरका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । शुक्रबार दिउसो नबिल बैंकले यूनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर गरेको हो ।

laxmi

नबिल बैंकको तर्फबाट मर्जर कमिटीका संयोजक उदयकृष्ण उपाध्याय र यूनाइटेड फाइनान्सका तर्फबाट मर्जर कमिटी सदस्य मनिष खेम्काले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

यूनाइटेड फाइनान्स प्राप्तिपछि नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत र सबै संचालक अहिलेकै कायम रहने समेत समझदारी बनेको छ । नबिल बैंक र यूनाइटेड फाइनान्सको स्वाप रेसियो १००ः३५ कायम भएको छ । अब युनाईटेड फाईनान्स कम्पनीको एक सय कित्ता सेयर हुने लगानीकर्ताले नबिल बैंकको ३५ कित्ताको सेयर प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL