Logo

मुद्रा ओसारपसारमा कडाई, तोकिएको भन्दा बढी मुद्रा ल्याएमा भन्सार घोषणा अनिवार्य

मुद्रा ओसारपसारमा कडाई, तोकिएको भन्दा बढी मुद्रा ल्याएमा भन्सार घोषणा अनिवार्य


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले नगद नेपाली र विदेशी मुद्रा ओसारपसारमा प्रतिबन्ध लगाएको छ । केही दिनअघि भारतीय रुपैयाँ विनियमयमा कडाइ गरेको थियो ।

नेपाली तथा भारतीय मुद्रा अन्य मुलुकमा लैजान वा पठाउन नपाइने व्यवस्था गरिएको राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीले जानकारी दिए । ‘ नेपाली र विदेशी मुद्रा ओसारपसारमा प्रतिबन्ध पुरानै व्यवस्थ हो,’ उनले भने, ‘अहिले त्यसलाई अझै कडाइ गरिएको हो ।’

भारतबाट अन्य मुलुकबाट ल्याउन नपाइने व्यवस्था रहेको भन्दै बैंकले तोकिएको सीमाभन्दा बढी ओसारपसार गर्नुपरे विदेशी मुद्राको हकमा भन्सार अधिकृतलाई जानकारी गराउन बैंकले आग्रह गरेको छ । पंगेनीका अनुसार भन्सार अधिकृतले प्रमाणित गरेपछि मात्र तोकिएको भन्दा बढी विदेशी मुद्रा ओसारपसार गर्न सक्नेछन् ।

नेपाली वा विदेशी नागरिक अन्य मुलुकमा जाँदा प्रतिव्यक्ति नेपाली रुपैयाँ ५ हजार भन्दा बढी साथमा लैजान र अन्य मुलुकबाट साथमा लिइ आउन नपाइने बताइएको छ । नेपाली वा विदेशी नागरिकले नेपालबाट अन्य मुलुक जाँदा प्रतिव्यक्ति अमेरिकी डलर ५ हजार वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रा भन्दा बढी नगदै सामान लैजान पाउने छैन् । तर विशेष प्रयोजनका लागि पासपोर्टमा बैंकले दरपिठ गरी सहटी दिएको हकमा सो बन्देज लाग्ने छैन् ।

नेपाली वा विदेशी नागरिकले नगद विदेशी मुद्रा अमेरिकी डलर ५ हजार भन्दा बढी ल्याएमा भन्सार घोषणा गरी प्रमाणित गरेको हुनु पर्ने बताइएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL