Logo

नेपाल बङ्गलादेश बैंकको नायब महाप्रबन्धकमा महत, बैंकिङ्ग क्षेत्रमा १६ वर्षको अनुभव

नेपाल बङ्गलादेश बैंकको नायब महाप्रबन्धकमा महत, बैंकिङ्ग क्षेत्रमा १६ वर्षको अनुभव



काठमाडौं । नेपाल बङ्गलादेश क्यापिटल लिमिटेडको नायब महाप्रबन्धकमा २ गतेदेखि कार्यभार सम्हाल्ने गरी रामकुमार महतलाई नियुक्त गरिएको छ ।

महतसँग मर्चेन्ट बैंकिङ्ग क्षेत्रमा विगत १६ वर्षदेखि काम गरेको अनुभव रहेको बैंकले जनाएको छ ।

नेपाल बङ्गलादेश बैंक लिमिटेडको सहायक कम्पनी रहेको नेपाल बङ्गलादेश क्यापिटल लिमिटेडको पूँजि बजारमा शेयर रजिष्ट्रार, लगानी व्यवस्थापन, शेयर निष्काशन तथा बिक्री प्रबन्धक, प्रत्याभुति तथा संस्थागत परामर्शदाताका रुपमा कार्य गर्ने प्रमुख उद्देश्य लिई कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक कम्पनीको रुपमा दर्ता प्रमाणपत्र प्राप्त गरी विधिवत रुपमा कानुनी अस्तित्व प्राप्त गरेर धितोपत्रसम्बन्धी ऐन तथा सोअन्तर्गत बनेका नियम, निर्देशिका तथा अन्य प्रचलित कानुनको अधीनमा रही धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को रुपमा कारोबार गर्न अनुमति प्राप्त संस्था रहेको बैंकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL