Logo

नबिल बैंकको क्यूआर भुक्तानी सेवा विस्तार, धुम्बाराही तरकारी तथा फलफुल विक्री केन्द्रमा सुरु

नबिल बैंकको क्यूआर भुक्तानी सेवा विस्तार, धुम्बाराही तरकारी तथा फलफुल विक्री केन्द्रमा सुरु



काठमाडौं । नबिल बैंकले काठमाडौं धुम्बाराही तरकारी तथा फलफुल विक्री केन्द्रमा क्यूआर भुक्तानी सेवाको शुभारम्भ गरेको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कँडेलले केही तरकारी खरिद गरी क्यूआर कोड मार्फत भुक्तानी गरी नबिल बैंकको क्यूआर भुक्तानी सेवा सुरु गरेका हुन् ।

laxmi

अब धुम्बराही तरकारी तथा फलफुल बजारमा जाने उपभोक्ताले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन वा मोबाइल वालेट मार्फत सजिलै खरिद गरेको तरकारी वा फलफूलको रकम भुक्तानी गर्न सक्नेछन् । 

राष्ट्र बैंकका कार्यकारी निर्देशक कँडेलले विभिन्न तरकारी तथा फलफुल पसलको अवलोकन र निरीक्षण गरि एउटा  तरकारी पसलमा तरकारी खरिद गरी आफ्नो मोबाइल बैंकिङको क्यूआर कोडमार्फत भुक्तानी गरेका थिए । 

नगद तथा डेबिट र क्रेडिट कार्डको विकल्पमा क्यूआर कोड भुक्तानी छिटो र झन्झटमुक्त छ । छिटो र कारोबारको कुनै शुल्क नलाग्ने भएकाले पछिल्लो पटक उपभोक्ताहरु यो नविन सेवातर्फ आकर्षित भइरहेका छन् ।डिजिटल कारोबारलाई प्रश्रय दिन र क्यासलेस कारोबारलाई बढावा दिनका लागि नबिल बैंकले सन् २०२० को मार्चदेखि क्यूआर कोड भुक्तानी सेवा सुरु गरेको थियो । अहिले बैंकको साथमा देशभर ३ हजा© भन्दा बढी क्यूआर सेवा दिने व्यावसायिक प्रतिष्ठानहरु रहेका छन् जुन हरेक दिन बढिरहेका पनि छन् । 

राष्ट्र बैंकका कार्यकारी निर्देशक कँडेलले विगतका दिनहरूमा भुक्तानीका लागि क्युआर कोडहरूको प्रयोग बजारमा उल्लेखनीय रूपमा वृद्धि भएको र नबिल बैंक जस्तो वित्तीय संस्थाले वित्तीय पहुँच, वित्तीय समावेशीकरण, पारदर्शिता र आर्थिक समृद्धि सक्षम पार्न डिजिटल भुक्तानी सक्षम गर्न सक्रिय भूमिका खेलिरहेको बताएका छन् । 

त्यस्तै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले पछिल्लो केही वर्षदेखि नेपालमा भुक्तानी प्रणालीमा नयाँपन देख्न थालेको र जसको परिणाम उपभोक्ता विस्तारै–विस्तारै नगदबाट डिजिटल भुक्तानतर्फ परिवर्तन भइरहेको बताएका छन् । 

क्यूआर मार्फत डिजिटल भुक्तानीलाई प्रबर्द्धन गर्ने उद्देश्यको साथ, नबिल बैंकले देशभर क्युआर भुक्तान सेवाको पहुँच  विस्तार गर्न एक मिशन शुरू गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL