Logo

कुमारी बैंकको २० औं वार्षिकोत्सव, विभिन्न सामाजिक कार्यक्रम गरी सम्पन्न

कुमारी बैंकको २० औं वार्षिकोत्सव, विभिन्न सामाजिक कार्यक्रम गरी सम्पन्न



काठमाडौँ । कुमारी बैंकले आफ्नो २० औं वार्षिकोत्सवको सु–अवसरमा आफ्ना देशव्यापी शाखाहरुबाट सामाजिक कार्यक्रमहरु आयोजना गरी आफ्नो लामो बैंकिङ्ग इतिहासलाई भव्यताका रूपमा मनाएको छ ।

laxmi

बैंकले आफ्नो प्रदेश– १ रहेका १६ वटै शाखाहरुबाट मन्दिर तथा स्थानीय परिसर सरसफाई तथा हरियाली संरक्षण कार्यक्रमहरु सम्पन्न गरेको छ । यसै सन्दर्भमा बैंकको पथरी शाखाले शनिश्चरे स्थित सेल्फी रोडमा डस्टबिन वितरण, उर्लाबारी मङलबारे स्थित श्री ॐ महायोगी गुरु शिव गोरक्षनाथ सिद्ध गोरक्ष योगपिठ सिद्दाश्रम नेपाल मन्दिर परिसरमा वृक्षारोपण तथा डस्बिन वितरण गरेको छ । 

बैंकले वातावरण प्रतिको जिम्मेवारी बहन गर्नु नै समाजमा प्रभावकारी परिवर्तनको प्रधान वाहक रहेको कुरालाई आत्मसाथ गर्दै सो कार्यक्रमहरु गरेको हो ।यस २० औं वार्षिकोत्सवको उपलक्ष्यमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश– १  रहेका १६ वटै शाखाहरुबाट बैंकले वृक्षारोपण एवं सरसफाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । 

कुमारी बैंकले देशव्यापी १९२ शाखा सञ्जाल, १६२ एटिएम, २५ शाखा रहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्
MBL