Logo

अब घरबाटै कामना सेवाको अनलाईन खाता खोली कारोबार गर्न सकिने, यस्ता छन् सुविधा

अब घरबाटै कामना सेवाको अनलाईन खाता खोली कारोबार गर्न सकिने, यस्ता छन् सुविधा



काठमाडौं । कामना सेवा विकास बैंकले के. एस ईन्स्टा नामक नविनतम अनलाईन बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकको वेवसाईट मार्फत केहि मिनेटमै खाता खोल्न मिल्ने सुविधासहित यो सेवा संचालनमा ल्याएको हो । उक्त खातामार्फत बैंकहरुले बार्षिक १ लाखसम्मको कारोबार गर्न सक्नेछन् ।

laxmi

उच्चतम ब्याजदर सहितकोे उक्त बचत खातामा पहिलो वर्ष निस् शुल्क मोबाईल र ईन्टरनेट बैकिङको सुविधा पनि छ । बैंकको केन्द्रीय कार्यालयमा भएको फेसबुक लाईभ कार्यक्रमका बीच बैंकका अध्यक्ष सुदिप आचार्यले यो खाताको शुभारम्भ गरेका हुन् । उक्त कार्यक्रममा बैंकका सञ्चालक विश्वेश्वर सुवेदीको पनि विशेष उपस्थिती थियो ।

कामना सेवा विकास बैंकले देशका विभिन्न भागमा १ सय २४ वटा शाखा, एक ऐक्सटेन्सन काउन्टर, ६६ वटा एटिम एवं सोसियल मिडिया बंैकिङ प्लेटर्फम मार्फत ग्राहकहरुलाइ विविध किसीमका वित्तीय सेवा तथा सुविधाहरु प्रदान गदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL