Logo

क्षतीग्रस्त उपआयोजनालाई हिमालीको ८० प्रतिशत अनुदान, ३ करोड खर्चको अनुमान

क्षतीग्रस्त उपआयोजनालाई हिमालीको ८० प्रतिशत अनुदान, ३ करोड खर्चको अनुमान


रामराजा श्रेष्ठ
27
Shares

रक्षा रेग्मी

laxmi

६ असोज,काठमाडौं । उच्च पहाड कृषि व्यवसाय सुधार आयोजना(हिमाली)ले भुकम्पबाट क्षतीग्रस्त उपआयोजनाहरुको पूर्नस्थापना गरिदिने भएको छ । हालै एशियाली विकास बैंक(एडीबी) र आयोजना निर्देशन समितिबीच भएको छलफलले यस्तो निणर्य गरको हो ।

छलफलले दशै तिहार लगतै पूर्नस्थापना तथा पूर्न निर्माणको काम शुरु गर्ने निणर्य गरेको हिमालीका आयोजना प्रमुख डा.अमर शाहले बताए ।

हिमालीले बैशाख १२ गतेको भूकम्प तथा त्यसपछीका पराकम्पहरुबाट क्षती पुगेका उपआयोजनाहरुलाई पूर्ननिर्माणका लागि अनुदान दिन एडिविसँग माग राखेको थियो । सोहि अनुरुप समिति र एडिविले क्षतीग्रस्त उपआयोजनाहरुलाई ८० प्रतिशत अनुदान दिने निणर्य गरेको हो ।

व्यवसाय शुरु गर्दाको लगानीको १५ प्रतिशत भन्दा बढी क्षती भएका उपआयोजनालाई मात्र अनुदान दिइने शाहले जानकारी दिए । ‘तर १५ प्रतिशत भन्दा बढी क्षती भएकाको हकमा भने ८० प्रतिशत अनुदान दिइने छ’ उनले भने ‘यो लगानी शुरु गर्दा ५० वा ८० प्रतिश अनुदान पाएका दुवै प्रकारका उपआयोजनाका लागि लागु हुन्छ ।’

बैशाख १२ गतेको भुकम्प तथा त्यसपछीका पराकम्पनहरुले उच्च पहाड कृषि व्यवसाय सुधार आयोजना(हिमाली)को दोलखा र रसुवाका ७२ उपआयोजनाहरुमा क्षती पुगेको थियो । ‘सोलुखुम्बुमा ४, रसुवामा ४२ र दोलखाका ४६ आयोजन क्षतीग्रस्ता हुँदा २ करोड २० लाख रुपैयाँ नोक्सान भएको थियो’ उनले भने । उनका अनुसार ती उपआयोजना पूर्नस्थापनाका लागि ३ करोड रुपैयाँ लाग्नेछ ।

विशेषगरी बाख्राको खोर, माछा पोखरी, गाइ गोठलगायतमा क्षती थियो ।हिमालीले आगामी हप्तादेखि ती जिल्लाहरुमा पुगी अनुदान दिने तयारी गरेको छ । आम्दानी लिनु अगावै क्षती वेहोरेकाहरुलाई विशेष सुविधा दिने उनले जानकारी दिए ।
हिमाली प्रोजेक्ट नेपालको कृषि व्यवसायको प्रवद्र्धनका लागि नेपाल सरकारद्वारा एशियाली विकास बैङ्कको सहकार्यमा सञ्चालित परियोजना हो । हिमाली क्षेत्रका बासिन्दाहरुको जीवनस्तर उकास्ने उद्देश्यले २०११ देखि सञ्चालन गरिएको यो आयोजना २०१७ सम्म लागु हुने छ । हिमालीले हालसम्म २ सय ९१ उपआयोजना सञ्चालनका लागि सम्झौता गरिसकेको छ । हिमालीमा अनुदानका लागि हालसम्म २ हजार ४ सय ९४ बिजनेश प्रपोजल आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL